प्रभु क्यापिटलको एप डाउनलोड गर्दा १ लाख पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 05:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि विशेष अफर ल्याएको छ। यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै क्यापिटलले “Prabhu Capital Cashtival offfer” ल्याएको हो ।

यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्नसक्ने क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार योजनामा सहभागी हुन ग्राहकले आफनो मोबाईलमा क्यापिटलको Prabhu Capital Digital App डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरि आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्नेछ । यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/-, ३०००/-, २०००/- जित्न सक्ने र बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले रु १,००,०००/- जित्न सक्नेक्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार यो योजना हालसम्म एप डाउनलोड हितग्राहीको हकमा समेत लागू हुनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved