ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाई बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 11:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक कोष प्रवर्द्धक रहेको र ग्लोबल आइएमई क्यापीटल योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्यूचुअल फण्ड अन्तर्गतको योजना "ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१” को इकाई बाँडफांड भएको छ। बिक्रि प्र्बांधक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार इकाई बाँडफांड गरेको हो ।

क्यापिटलले प्रति इकाई अंकित मुल्य रु. १० दरको १२,००,००,००० इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत अर्थात १,६२,००,००० तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटललाई १.५० प्रतिशत अर्थात १८,००,००० इकाई सुरक्षित राखी बाँकि १०,२०,००,००० इकाईको लागि सार्वजनिक निष्काशन गरेको थियो ।  असार २२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवश्यक भन्दा कम इकाईको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार उक्त अवधिमा जम्मा ६०,७१९ जना आवेदकहरुबाट ८,४५,८९,७६० इकाईको लागि आवेदन प्राप्त भएकोमा आवश्यक परिक्षण र रुजु पश्चात् ५६ जना आवेदकहरुले १३,४०० इकाईको लागि दिएको आवेदन दोहोरो/तेहोरो रहेकाले उक्त आवेदनहरुलाई रद्द गरी रीतपूर्वक आवेदन दिने ६०,६६३ जना आवेदकहरुबाट प्राप्त भएको ८,४५,७६,३६० इकाई बाँडफाँट लागि योग्य रहेको देखिएकोले १०० इकाईदेखि १,२०,००,००० इकाईसम्म आवेदन दिने ६०,६६३ जना आवेदकलाई इकाई बाँडफांड गरिएको छ । 

  कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक  तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि. लाई बीज पूंजी बापत लगानी गरेको १५ प्रतिशतले हुने १,८०,००,००० इकाई यस अघि नै बाँडफाँट गरिसकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved