दोहोरो अंकले बढ्यो नेप्से सूचक: शिवम सिमेन्टको कारोबार उच्च, ट्रेडिङ बाहेकका सबै उपसूचक हरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 03:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २३.८३ अंकले बढेर २ हजार १ सय ११ .९९ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२७ कम्पनीका ७५ लाख ८ हजार १ सय ८८ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४२ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख, अरुण काबेलीको १२ करोड ३५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ४८ लाख तथा युनिभर्सल पावरको ८ करोड ४१ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समूह सबैभन्दा धेरै ४.१३ प्रतिशत, हाइड्रो समुह २.९६ प्रतिशतले र माइक्रोफाइनान्स समुह २.२७ प्रतिशतले बढेको छ ।

आज युनाईटेड मोदी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त, र जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशत तथा जाल्पा लघुवित्तको शेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ ।

आज कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved