एनएमबिको नयाँ म्युचुअल फण्डको इकाई साउन २६ बाट, १२ करोडसम्मको लागि आवेदन दिने ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 08:44:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि क्यापिटलले साउन २६ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको ईकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने  एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गर्न लागेको हो

यो योजनाको आकार १ अर्ब २० करोड अर्थात् १२ करोड इकाई बराबरको रहेको छ ।  प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात्क १ करोड ६८ लाख इकाई  कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडले लगानी गर्ने छ ।  एक करोड ८० लाख इकाई बराबर बीज पूँजी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाईको लागि  सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको आवेदन  दिन सकिने छ। लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा  भदौ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  

यो बन्द मुखी म्युचुअल फण्ड योजना हो । हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved