बिहिबार शेयर परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २२१ कम्पनीका १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १ सय ५ रुपैयाँ ३ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण काबेली पावरको १७ करोड ९६ लाख, शिवम सिमेन्टको १५ करोड ८६ लाख, अपर तामाकोशीको १४ करोड १७ लाख, अपि पावरको १३ करोड ४८ लाख तथा नागरिक लगानी कोषको १३ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका निर्जीवन बीमा समुह, उत्पादन तथा प्रशोधन समुह, र अन्य समुह बाहेकका सबै समुहगत उपसुचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ३.२७ प्रतिशत, लगानी समुह २.९३ प्रतिशत, तथा विकास बैंक समुह २.२२ प्रतिशतले बढेको छ ।
आज बिन्धवासिनी हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ९.९८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ९.८९ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ ।
आज राधी विद्युतको शेयर मूल्य सर्वाधिक ३.९१ प्रतिशत, बलेफी हादिरोको ३.८५ प्रतिशत, तथा ग्रिन भेन्चर्सको ३.८४ प्रतिशतले घटेको छ।