मनोहरा खोलाको जग्गा धितोपत्र बोर्डलाई चाहिदैन, अर्को खरिद गर्छौ : अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 04:27:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डलाई मनोहरा खोलाको जग्गा नचाहिने बताएका छन्। नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले हाल बोर्डले खरिद गरेको मनोहरा खोला नजिकको जग्गा बोर्डलाई नचाहिने बताएका हुन् 

उनले बोर्डको कार्यालय उपयुक्त स्थानमा हुनु पर्ने भएकोले त्यसलाई रद्द गरेर अर्को उपयुक्त स्थानमा बोर्डको कार्यालयको लागि जग्गा खरिद गर्ने बताएका हुन् । उनले जग्गा खरिद गर्दा सरकारी निकायसंग समन्वय गरेर सरकारी निकायसंग मात्र जग्गा खरिद गर्ने बताएका हुन् । 

यस अघिका अध्यक्ष भिष्मराज ढुंगानाको पालामा बोर्डले जडिबुटीमा ७ रोपनी जग्गा खरिद गर्नको लागि निर्णय गरेको थियो। त्यसको लागि बोर्डले एकमुष्ट ४२ करोड ५६ लाख रुपैयाँ तिरेको थियो। 

उक्त जग्गामा उपत्यका विकास प्राधिकरणको समेत स्वामित्व  भएको पाईएकोले  उक्त जग्गा हालसम्म पनि बोर्डको नाममा नआएको स्रोतको दाबी छ । स्रोतका अनुसार बोर्ड ढुंगानालाई त्यस जग्गामा प्राधिकरणको स्वामित्व रहेको जानकारी थियो । तर उनले दबाब दिई पैसा भुक्तानी गरेको आरोप उनी माथि लागेको छ । स्वामित्वलाई देखाएर जग्गा पास नगराउने र ४२ करोड ५६ लाखको ब्याज मिलिजुली खाने गरि सेटिङ मिलाएको आरोप ढुंगानामाथि लागेको हो । ७ प्रतिशतले ब्याज गणना गर्दा पनि बोर्डलाई दैनिक रुपमा ८१ हजार बढी ब्याज आम्दानी गुम्छ ।

ढुंगानालाई भने सरकारले बर्खास्त गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved