मर्जरमा जाँदा कारोबार रोक्का नहुने निर्देशिका २ साता भित्र आउँछ : अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2022 | 05:50:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  मर्जरमा जाँदा कम्पनीको कारोबार रोक्का नहुने निर्देशिका २ साता भित्र  ल्याउने जनाएको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । 

उनले बोर्डमा धितोपत्र दर्ता गरेका संगठित संस्थाहरुको मर्जर, एक्विजिशन संगठित संस्था स्वामित्वमा लिने वा नियन्त्रण सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने बताएका छन्। उनले २ साता भित्र नै यस्तो निर्देशिका तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् 

यस अघि राष्ट्र बैंकले ,मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने बताएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै  कारोबार रोक्का गर्नु पर्ने ब्यबस्था खारेज गरि अब मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमन अनुसार गरिने बताएका थिए ।  सोहि अनुसार बोर्डले निर्देशिका बनाउने भएको हो ।

त्यस्तै धितोपत्र बोर्डले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागू गरिने जनाएको छ। 

यो पनि : यस्तो छ धितोपत्र बोर्डको ६३ बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved