५५.०८ प्रतिशतले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा, ईपीएस ६६ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 08:23:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा सिवाईसी नेपाल लघुवित्तको खुद नाफा ५५.०८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ५ करोड १८ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ८ करोड ३३ लाख पुगेको छ

कम्पनीको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेर २१ करोड ९९ लाख पुगेको छ । यस अवधिमा कम्पनीको सापटी ४६२.८७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड पुगेको छ भने निक्षेप संकलन ५७.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह १०५.२१ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशत कायम भएको छ । १२ करोड १६ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २८ करोड ८ लाख रहेको छ ।  

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६६ रुपैयाँ ४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३३० रुपैयाँ ८६ पैसा रहेको छ ।  

कम्पनीले आधिखोला लघुवित्तसंग मर्जरको लागि सम्झौता गरेकोले कम्पनीको शेयर कारोबार रोक्का छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved