रिलायन्स लाइफको कारोबारले नेप्से इन्डेक्स नै गोलमाल, कसको गल्तीले खुल्यो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 01:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारको कारोबारमा अचम्मको दृश्य देखिएको छ । आज शुक्रबार कारोबार  रोक्का रहेको एउटा कम्पनीको शेयर कारोबार भएको छ त्यसले सकारात्मक सर्किट समेत हानेको छ । 

नेप्सेमा  रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।  

तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । कारोबार नहुनु पर्ने कम्पनी कारोबारमा आएर त्यसको शेयर मूल्य १० प्रतिशतले बढेपछि समग्र नेप्से इन्डेक्स र कारोबार रकम नै गोलमाल बनेको छ । आज रिलायन्सको ६१० कित्ता शेयर कारोबार भएर २ लाख २४ हजार १ सय २६ रुपैयाँको कारोबार भएको छ  । कारोबार नहुनु पर्ने कम्पनीको शेयर कारोबार भएपछि त्यसको कारण आजको समग्र इन्डेक्स र कारोबार रकमको मात्रा नै गलत हुने जानकार बताउछन्  । यद्यपि नेप्सेले भने आज भएका रिलायन्सका सबै कारोबार रद्द हुने जनाएको छ  । 

कसरी खुल्यो कारोबार ?

 नेप्से स्रोतका अनुसार सिस्टमको कारणले नभई मानवीय कारणले गर्दा रिलायन्स लाइफको कारोबार खुल्न  गएको हो  । सो मानवीय गल्ती भने आज नभई असार २९ मै भएको पाइएको छ। कुनै पनि कम्पनीको कारोबार रोक्का राख्दा नेप्सेको प्रणालीमा कहिलेदेखि कहिलेसम्म कारोबार बन्द गर्ने भन्ने मिति सिस्टममा राख्नु पर्छ  । मर्जमा गएका कम्पनीका कारोबार रोक्का गर्दा कारोबार अन्त्य गर्ने मिति तय गरिदैन र अनलिमिटेड हुने गरि राखिन्छ  । तर रिलायन्सको हकमा कारोबार बन्द गर्दा कारोबार रोक्का रहने अन्तिम मिति साउन १२ गते १२ बजेसम्म मात्र राखिन गएको पाईएको छ  । सोहि कारण आज साउन १३ गते सिस्टमले कारोबार खोलिदिएको हो  । तर कारोबार रोक्काको मिति राख्ने क्रममा मानवीय  त्रुटी भएपछि आजको समस्या आएको नेप्से स्रोतले उल्लेख गरेको छ। नेप्सेले कम्पनीको कारोबार फेरि रोक्का गरिसकेको छ ।  

गत असार २९ गते  सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स बराबर हैसियतमा मर्ज हुने सम्झौता गरेका थिए ।   बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved