मौद्रिक नीतिपछिको एक साता: १२३ अंकले बढ्यो नेप्से सूचक, २० अर्ब बढीको शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 02:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साताभर शेयर बजार परिसूचक नेप्से १२३.०६ अंकले बढेको छ भने २० अर्ब बढीको कारोबार भएको छ । साउन ८ गतेदेखि साउन १३ गतेसम्ममा कुल २० अर्ब ७१ करोड ४१ लाख ४३ हजार ४ सय १७ रुपैयाँ ९० पैसाको कारोबार भएको छ ।

कुल ६ कारोबार दिन मध्ये १ दिन बाहेकका अन्य सबै दिनमा नेप्से सूचक बढेको छ । साउन ८ गते आइतबार सूचक ६१.०५ अंकले बढ्यो भने कुल २ अर्ब ७० करोडको कारोबार भयो । त्यस्तै साउन ९ गते सूचक ५४.४५ अंकले बढ्यो भने ४ अर्ब ७ करोडको कारोबार भयो । साउन १० गते सूचक ४४.८० अंकले घट्यो भने ३ अर्ब ६७ करोडको कारोबार भयो । साउन ११ मा सूचक २३.८३ अंकले बढ्यो भने ३ अर्ब १५ करोडको कारोबार भयो । साउन १२ मा सूचक १५.४८ अंकले बढ्यो भने ४ अर्ब ९२ करोडको कारोबार भयो । साउन १३ गते सूचक १३.०५ अंकले बढ्यो भने २ अर्ब १८ करोडको कारोबार भयो ।

नेपाल राष्ट्र बैंकले साउन ६ गते आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिपछिको एक सातामा नेप्से सूचक समग्रमा १२३.०६ अंकले बढेको हो भने २० अर्ब बढीको कारोबार भएको हो।

यस साता नेप्सेमा  नेपाल इन्स्योरेन्स, र कालिका पावरको बोनस शेयर सुचिकृत भएको छ । त्यस्तै यसै सातामा बिन्ध्यवासीनी हाइड्रोको शेयर सुचिकृत भई कारोबार सुरु भएको छ  ।  कुमारी र एनआईसी एसियाको म्युचुअल फण्डका इकाईहरु पनि यसै साता सुचिकृत भएका छन् 

नेपाल धितोपत्र बोर्ड यसै साता आर्थिक वर्ष ७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved