अपर सोलुले चयन गर्यो शेयर रजिष्ट्रार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 09:37:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त भएको छ । यस संगै अब अपर सोलुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबी क्यापिटलले गर्ने छ । 

कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।   

 कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved