च्याउसरी संस्था गाभेर एउटा मात्र सेयर लगानीकर्ता संघ बनाउन तिलक कोइरालाको आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 10:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ताको हकहितका लागि भनेर खोलिएका झन्डै दर्जन हाराहारीको संख्यामा रहेका संघ संगठन मर्ज गर्नुपर्ने माग उठेको छ।  अलग्गै संगठन खोल्नलाई गरिएको निम्तोमा पुगेका सेयर बजारका अभियन्ता तथा लगानीकर्ता तिलक कोइरालाले यस्तो माग अगाडी सारेका हुन्।

लगानीकर्ताको हकहित संरक्षण र पुँजीबजारको विकास प्रमुख उदेश्य भएकाले यहि कामका लागि च्याउससरी संघ संगठनको आवश्यकता नरहेकोले आफुले एउटा साझा सँस्थाको लागि आह्वान गरेको अभियन्ता कोइरालाले बिजपाटीलाई बताए। 

"बैंक, ब्रोकरहरुको एकै साझा सँस्था छन् तर सेयर बजारलाई लिएर दर्जन सँस्था भए" उनले भने, "धेरै सँस्था हुँदा संस्थाहरु मूल उदेश्यबाट भड्किएकाले अब सेयर लगानीकर्ताको लागि एउटा मात्र आधिकारिक संगठनको आवश्यकता छ। "

उनले अगाडी भने, 'एक दुई जना मिलेर संगठन खोल्ने अनि आफैं अध्यक्ष र उपाध्यक्ष बन्ने अभ्यास हुँदा बजारमा झन्डै दर्जन संस्था खुलेका छन्। अब सबै संस्थालाई मर्ज गरेर एउटा बलियो र शक्तिशाली सेयर लगानीकर्ताको संगठन बनाउनुको विकल्प छैन।  '

एउटा मात्र सेयर लगानीकर्ता संगठन बनाउनलाई आफुले आगामी शुक्रबार सबै लगानीकर्ता संगठन र तिनका पदाधिकारीलाई एक ठाउँमा भेला गर्ने र त्यहिबाट एउटा तदर्थ समिति बनाएर आगामी ६ महिनामा महाधिवेसन सकेर साझा संगठनको घोषणा गर्ने तयारी रहेको कोइरालाले बताए। 

अहिले भएका संघ संगठनहरु आफै आफै मिलेर बनेका भएपनि अब बन्ने साझा संगठनको पदाधिकारी त्यसरी नबन्ने उनले स्पष्ट पारे।  उनकाअनुसार प्रत्येक लगानीकर्तालाई उनीहरुको डिम्याट खाताको माध्यमबाट सदस्यता प्रदान गर्ने र उनीहरुकै भोटिंङको आधारमा अध्यक्ष लगायतका पदाधिकारीको चयन हुनेछ।  

साझा संगठन खुल्ने भएपनि आफु भने कुनै पनि पदमा नरहने उनले स्पष्ट पारेका छन्।  शुद्द रुपमा पत्रकारिता पढेर पत्रकारिता गर्दैगर्दा सेयर बजारमा प्रवेश गरेको र स्वार्थ बांझिने डरले आफुले प्रत्यक्ष पत्रकारिता त्यागेको बताउदै आफु अभियन्ताकै रुपमा सेयर बजारमा रहने तर कुनै संस्थामा रहेर पद नओगट्ने उनले बताए।   

सेयर लगानीकर्ताको हकहित र पुंजीबजारको विकास का लागि भनेर अहिले बजारमा दर्जन सँस्था छन्।  तीमध्ये कुनै सँस्था कम्पनी रजिष्टार कार्यलयमा दर्ता छन् भने कुनै जिल्ला प्रशासन कार्यालयमा दर्ता छन् भने कुनै कहीं कतै दर्ता नभएको अवस्था छ।  लगानीकर्ताको हकहितका लागि भनिएपनि अधिकांश संस्था दुइ चार जना मिलेर बनेका र त्यहि मध्येकाबाट अध्यक्ष उपाध्यक्ष बनेको अवस्था छ।  

रोहन कार्की, कमल भारती, संरचना चौधरी, राधा पोखरेल, उत्तम अर्याल, तुलसीराम ढकाल, प्रकाश रजौरे, दिपेन्द्र अग्रवाल, हरि ढकाल लगायतका व्यक्तिहरुको नेतृत्वमा संघ संगठन संचालनमा छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved