एनआईबिएल एस क्याप्टिलको १० वर्ष पुरा, ४ वटा नयाँ अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 11:35:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको आज १० वर्ष पूरा भएको छ ।  १० वर्षे अवधिमा  क्यापिटलले १८८ कम्पनीको आईपिओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ ।

क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ। क्याप्टिलले योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड" अर्न्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड-१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ। साथै नयाँ बन्दमुखी योजना "NIBLGrowth Fund" नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको क्यापिटलले जनाएको छ।

क्यापिटलले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ।

 १० वर्ष पूरा गरेको अवसरमा क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकलाइ लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । जस अनुसार क्यापिटलले डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निः शुल्क नविकरण सेवा दिने तथा  रु १० मा Market Expert सेवा दिने जनाएको छ । 

व्यवस्थित लगानी योजना Systematic Investment Plan(SIP) को धन्यवाद अफर अन्तर्गत लगानीकर्ता हरु मध्ये बाट १० जना भाग्यशाली महानुभावहरुलाई रु १०,००० बराबरको इकाई प्रदान गरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा Facebook Live मार्फत
गरिने क्यापिटलले उल्लेख गरेको छ। त्यस्तै  SIP मा दर्ता हुने बालबालिका लाई आकर्षक उपहार प्रदान गरिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्मको लागि, लागु हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved