केन्द्रीकृत केवाईसीको फिचर टेस्ट धमाधम हुँदै, युएटीपछि कार्यन्वयनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 01:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार भई धमाधम परिक्षण भईरहेको छ। केन्द्रीय निक्षेप प्रणाली सिडीएससीका अनुसार सम्पूर्ण सिस्टम तयार भएर अहिले परिक्षण भईरहेको हो । 

सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल उक्त सिस्टमको हरेक फिचर परिक्षणको काम भईरहेको छ । कुनै फिचरले काम नगरेमा त्यसलाई सुधार गरिने उनले बताए । सम्पूर्ण फिचरको परिक्षण सफल भएपछि सिस्टमको युएटी अर्थात युजर एसेपटेन्स टेस्ट गरेपछि उक्त सिस्टम कार्यन्वयनमा प्रवक्ता न्यौपानेले बताए । उनले अहिले नै समय तोक्न नसकिने भए पनि एउटा डेडिकेटेड टिम नै सीकेवाईसीको काममा लागिरहेकोले छिट्टै नै यो कार्यन्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।

 सीकेवाईसीको सिस्टम बनाउने ठेक्का प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस) ले पाएको हो ।  ११ कम्पनीले आशयपत्र पेश गरेकोमा आशयपत्रको मुल्यांकनको आधारमा ३ कम्पनीलाई सर्टलिस्ट गरि ति ३ मध्येबाट पिसिएसलाई छनौट गरिएको थियो । सर्टलिस्टमा प्रोफेसनल कम्प्युटर सिस्टम, वाईको प्रालि, र रेडीयन्ट इन्फोटेक नेपाल परेका थिए ।  

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिन लागेको हो। यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।  त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । यो लागु भएपछि हाल भईरहेका मल्टीपल डिम्याट एकाउन्टको विवरण स्पष्ट खुल्ने छन्। साथै धितोपत्र बजारमा जहाँ जहाँ केवाईसी भर्नु पर्छ ति स्थानमा एउटै कोड अर्थात् आइडीले नै केवाईसीको काम गर्ने छ । यद्यपि त्यसको लागि १ पटक भने आफ्नो केवाईसी अपडेट गर्नु पर्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved