५४ अंकले बढ्यो नेप्से सूचक, बीमा समुहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 03:21:02 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । ज नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० को बिन्दुमा  पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २१ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने नेपाल टेलिकमको नेपाल टेलिकमको १५ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख तथा हिमालयन डिस्टिलरीको १० करोड ३७ लाखको कारोबार भएको छ ।  

आज कारोबारमा आएका फाइनान्स बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लगानी समुह सबैभन्दा धेरै ४.७६ प्रतिशत, निर्जीवन बीमा समुह ४.५१, जीवन बीमा समुह ४.१६ , त्तहा ट्रेडिङ समुह ३.६२ प्रतिशतले बढेको छ । आज बैंकिंग समुह २.९२ प्रतिशतले बढेको छ 

आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्स, र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

आज गुडविल फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ३.९४ प्रतिशतले बढेको  छ भने नेशनल हाइड्रोको शेयर मूल्य ३.३० प्रतिशत तथा मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य ३.१२ प्रतिशतले घटेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved