नेप्सेमा नेपाल फाइनान्स र गरिमा विकास बैंकको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 03:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको शेयर सुचिकृत भएको छ । आज नेपाल फाइनान्सको हकप्रद शेयर र गरिमा विकास बैंकको बोनस शेयर सुचिकृत भएको हो 

आज नेपाल फाइनान्सको ७० प्रतिशतले हुन आउने २३ लाख १९ हजार ७ सय ५८ दशमलव ८८ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो। त्यस्तै आज गरिमा विकास बैंकको १६ प्रतिशतले हुन आउने ६३ लाख १७ हजार ९२ दशमलव ९६८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 


५४ अंकले बढ्यो नेप्से सूचक, बीमा समुहमा लगानीकर्ताको आकर्षण 

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । ज नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० को बिन्दुमा  पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २१ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने नेपाल टेलिकमको नेपाल टेलिकमको १५ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख तथा हिमालयन डिस्टिलरीको १० करोड ३७ लाखको कारोबार भएको छ ।  

आज कारोबारमा आएका फाइनान्स बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लगानी समुह सबैभन्दा धेरै ४.७६ प्रतिशत, निर्जीवन बीमा समुह ४.५१, जीवन बीमा समुह ४.१६ , त्तहा ट्रेडिङ समुह ३.६२ प्रतिशतले बढेको छ । आज बैंकिंग समुह २.९२ प्रतिशतले बढेको छ 

आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्स, र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

आज गुडविल फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ३.९४ प्रतिशतले बढेको  छ भने नेशनल हाइड्रोको शेयर मूल्य ३.३० प्रतिशत तथा मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य ३.१२ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved