हिमाल दोलखा हाइड्रोलाई नेप्सेले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 05:13:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर हकप्रदबारे निर्णय गरेको, नेप्सेलाई उक्त निर्णय समय मै जानकारी नगराएको र साधारणसभाको लागि तोकिएको बुक क्लोज मिति नियम अनुसार नभएको पाईएपछि नेप्सेले स्पष्टिकरण सोधेको हो।

कम्पनीले साउन १३ गते ११ बजे संचालक समितिको बैठक राखेर ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । तर कम्पनीले त्यसको जानकारी नेप्सेलाई दिउँसो २:५२ बजे मात्र जानकारी गराएको थियो। 


धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संबेदनशिल सूचना तथा जानकारी सर्बसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो ।

त्यस्तै धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुदाँ नं. १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ ( सात) दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उल्लङ्घन गरेको छ ।  

नेप्सेले कम्पनीलाई पठाएको स्पष्टीकरण पत्रमा  भनिएको छ 'कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समय भित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयर धनिहरुलाई हकप्रद शेयर दिने विशेष प्रस्ताव गरेको हो ? र शेयरधनी दर्ता कितावको सूचना के कति कारणबाट नेप्सेमा ७ (सात) दिन अगाडी जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्णयानुसार अनुरोध छ।'

नेप्सेले कम्पनीको शेयर कारोबार समेत रोक्का गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved