खुद ब्याज आम्दानी ४५ प्रतिशतले बढ्दा पनि सूर्योदय वोमी लघुवित्तको खुद नाफा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 08:23:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा सूर्योदय वोमी लघुवित्तको खुद नाफा घटेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा १६ करोड ५ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा १३.०२ प्रतिशतले घटेर १३ करोड ९६ लाख कायम भएको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशतले बढेर ४६ करोड ७६ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि कम्पनीले सम्भावित नोक्सानीको लागि अघिल्लो आर्थिक वर्षभन्दा १७०.२९ प्रतिशत बढी अर्थात् ४ करोड ५३ लाख छुट्याएपछि कम्पनीको खुद नाफा घटेको हो । यद्यपि यसै अवधिमा कम्पनीले ३ करोड ३६ लाख राइट ब्याक गरेको छ ।

यस अवधिमा बैंकको सापटी १६७.९७ प्रतिशतले बढेर ५ अर्ब ७० करोड पुगेको छ भने कम्पनीको निक्षेप १६१.७५ प्रतिशतले बढेर १४ अर्ब २७ करोड पुगेको छ । कम्पनीको ऋण प्रवाह १३६.७३ प्रतिशतले बढेर १० अर्ब ७३ करोड पुगेको छ ।  कम्पनीको खराब कर्जा २.०८ पतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ ।

कम्पनीको चुक्ता पुंजी ७९ करोड १९ लाख रहेको छ भने रिजर्भमा ५५ करोड ८७ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १७.६३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७०.५५ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved