नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 10:30:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको शेयर कारोबार रोक्का भएको छ। सेन्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौता गरेसंगै नेप्सेमा सेन्चुरीको शेयर कारोबार रोक्का भएको हो । प्रभु बैंकको शेयर कारोबार भने यथावत छ 

सेन्चुरीको अन्तिम शेयर मूल्य १९३ रुपैयाँ रहेको छ । मर्जर सफल भएमा मर्जर प्रक्रिया उर भएपछि सेन्चुरी बैंकका शेयरधनीहरुको शेयर प्रभु बैंकको नामबाट नेप्सेमा कारोबार हुने छ  

 २ बैंकबीच आइतबार मर्जर तथा प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार सेन्चुरी बैंक सम्मानजनक हैसियतमा प्रभु बैंकमा गाभिने छ । मर्जर तथा प्राप्तिको लागि १:१ को प्रारम्भिक स्वाप तय भएको छ । अन्तिम स्वाप भने डिडिए रिपोर्ट अनुसार तय हुने बताईएको छ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको संचालक समितिमा प्रभु बैंकका ४ संचालक रहने छन् भने सेन्चुरी बैंकबाट ३ संचालक रहने छन् । सीइओमा हालका प्रभु बैंकका सीइओले नै निरन्तरता पाउने छन् भने हालका सेन्चुरी बैंकका सीइओ मर्जरपछि बन्ने बैंकमा डेपुटी सीइओ रहने छन् । 

विगत लामो समयदेखि प्रभु बैंक र सेन्चुरी बैंक मर्ज हुने चर्चा बजारमा थियो ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० कोमौद्रिक नीति सार्वजनिक गर्दै  पुस मसान्तसम्म मर्जमा गए राष्ट्र बैंकले तोकेको छुट पाउने ब्यबस्था गरेको हो।  

यद्यपि आयकर ऐन अनुसार पाउने लाभकार र कर छुट भने यी दुई बैंकले नपाउँन सक्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved