महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 01:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  ।  आज  सोमबार महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो । 

महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१०००।– दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवर बाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।  आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved