सोमबार बुटवल पावरका लगानीकर्ताले सर्वाधिक कमाए, शिवम सिमेन्टको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 03:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । आज नेप्से सूचक १.१५ अंकले बढेर २१९६.२५ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २१७ कम्पनीका १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता शेयर खरिद बिक्रि बाट ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै ३८ करोड ३१ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख , एचआइडिसीएलको १३ करोड ७६ लाख, अपि पावरको १२ करोड ९१ लाख तथा अरुण भ्याली हाइड्रोको १२ करोड ८९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, ट्रेडिङ, हाइड्रोपावर, उत्पदन तथा प्रशोधन, र लगानी बाहेकका समुहगत सूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सबैभन्दा धेरै ३.५४ प्रतिशत बढेको छ भने विकास बैंक समुह सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ ।

आज बुटवल पावरको शेयर मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड  २ को इकैई मूल्य ६.४५ प्रतिशतले, गुडविल फाइनान्सको शेयरमूल्य ६.२३ प्रतिशतले, दोर्दीखोलाको शेयर मूल्य ५,५७ प्रतिशतले त्तहा एचआईडिसीएलको शेयर मूल्य ५.०७ प्रतिशतले बढेको छ ।

आज स्वाभिमान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशतले, स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४.७१ प्रतिशतले, तथा सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ४.०९ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved