हिमाल दोलखा हाइड्रोको शेयर कारोबार फुकुवा, क्षमा मागेपछि उन्मुक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 05:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ कम्पनीले दिएपछि नेप्सेले आइन्दा गल्ति नगर्नको लागि सचेत गराउदै कारोबार खोलिदिएको हो ।

कम्पनीले स्पष्टिकरणमा कारोबार समयमा कम्पनीको संचालक समितिको बैठक बस्नु कमजोरी भएको र आगामी दिनमा त्यसो नगर्ने भन्दै क्षमायाचना गरेको छ । त्यस्तै बुक क्लोजको मिति उल्लेख गर्दा लेखाईमा त्रुटी हुन गएको कम्पनीले जनाएको छ । नेप्सेले कम्पनीलाई पुन: नियम अनुसार हुने गरि बुक क्लोज मिति तोक्न निर्देशन दिएको छ ।

कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर हकप्रदबारे निर्णय गरेको, नेप्सेलाई उक्त निर्णय समय मै जानकारी नगराएको र साधारणसभाको लागि तोकिएको बुक क्लोज मिति नियम अनुसार नभएको पाईएपछि नेप्सेले स्पष्टिकरण सोधेको थियो। कम्पनीले साउन १३ गते ११ बजे संचालक समितिको बैठक राखेर ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । तर कम्पनीले त्यसको जानकारी नेप्सेलाई दिउँसो २:५२ बजे मात्र जानकारी गराएको थियो। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संबेदनशिल सूचना तथा जानकारी सर्बसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको थियो ।

त्यस्तै धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुदाँ नं. १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ ( सात) दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उल्लङ्घन गरेको थियो ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved