एनआईसी एशिया क्यापिटलद्वारा ५५ प्रतिशत लाभांश प्रस्ताव, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 06:01:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले छैठौं वार्षिक साधारण सभा आव्हान गरेको छ। क्यापिटलको साउन १५ गते बसेको संचालक समितिको बैठकले भाद्र ८ गते सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  गरेको छ ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११,००,००,००० (अक्षरेपी एघार करोड मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव सभामा  पेश हुने क्यापिटलले जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved