६१ प्रतिशतले बढ्यो महिला लघुवित्तको खुद नाफा, ईपीएस एक सय माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 08:17:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा महिला लघुवित्तको खुद नाफा ६१.४३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ९ करोड २९ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको नाफा बढेर १५ करोड पुगेको हो 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी २३.५३ प्रतिशतले बढेर २ अर्ब ७७ करोड पुगेको छ भने निक्षेप संकलन ४४.३८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह ३३.२३ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड पुगेको छ । कम्पनीको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ । 

यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि १२ करोड ३५ लाख छुट्याएको छ । त्यस्तै यस अघि सम्भावित जोखिमको लागि छुट्याइएकोको १५ करोड १४ लाख राइट ब्याक गरेको छ । 

१४ करोड ७५ लाख चुक्ता पुंजी भएको कम्पनीको रिजर्भमा २९ करोड ८३ लाख रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved