छिमेक लघुवित्तको नाफा घट्यो, बाड्न मिल्ने नाफा ७६ करोड ४३ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 08:34:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा छिमेक लघुवित्तको खुद नाफा २१.४३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १ अर्ब ३१ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा घटेर १ अर्ब ३ करोड कायम भएको छ 

कम्पनीको खुद ब्याज आम्दानी भने ११.६९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड पुगेको छ ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ७६ करोड ४३ लाख रहेको छ । 

समिक्षा अवधिमा कम्पनीको सापटी २३.१५ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड पुगेको छ भने निक्षेप संकलन २०.४१ प्रतिशतले बढेर २७ अर्ब २ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह ३२.१४ प्रतिशतले बढेर ३२ अर्ब ८८ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ०.६३ प्रतिशतबाट बढेर ०.८३ प्रतिशत पुगेको छ । 

२ अर्ब ३२ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब ५८ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved