बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाए ऋणपत्र निष्काशन अनुमति, कुनको ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 10:09:10 AM मा प्रकाशित

laxmi  sunrise bank

थप २ कम्पनीले ऋणपत्र निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमांडू (बिओके) र हिमालयन बैंकलाई ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको हो।

बिओकेले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन  गर्न अनुमति पाएको हो । ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्बसाधारणलाई र ६ लाख ६० हजार कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

त्यस्तै हिमालयन बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणलाई र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

बोर्डबाट अनुमति पाएसंगै अब यी बैंकले ऋणपत्र निष्काशनको लागि आह्वान पत्र प्रकाशन गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved