मंगलबार पनि शिवम सिमेन्टको कारोबार उच्च, ३ हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 03:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयरबजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । आज सूचक २.७६ अंकले घटेर २१९३.४८ को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका २१७ कम्पनीका ७८ लाख १३ हजार १ सय २ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड २४ लाख, तथा गुडविल फाइनान्सको ९ करोड ४ लाखको कारोबार भएको छ । 

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन, लघुवित्त, र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज ट्रेडिङ समुह सबैभन्दा धेरै १.९५ प्रतिशतले बढेको छ भने अन्य समुह १.०४ प्रतिशत घटेको छ 

आज बिन्धवासिनी हाइड्रो, सामलिङ पावर, र हिमाल दोलखाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.२४ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved