कुमारी बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, बाड्न मिल्ने नाफा पौने २ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 08:25:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा कुमारी बैंकको खुद नाफा ४३.८७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकले १ अर्ब ९७ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ८३ करोड पुगेको छ ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासमा वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशतले बढेर ५ अर्ब ७ करोड पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप २१.२१ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ११.२२ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ ।

१४ अर्ब ७१ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ६ अर्ब ४७ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ २७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved