सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब २१ करोड, बाड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 08:45:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा सिद्धार्थ बैंकको खुद नाफा १२.७८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब २१ करोड पुगेको हो 

यस अवधिमा बैंकजको वितरणयोग्य मुनाफा २ अर्ब १० करोड रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशतले बढेर ७ अर्ब ३ करोड पुगेको छ । 

यस अवधिमा बैंकको निक्षेप ५.८७ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२.७२ पप्रतिशतले  बढेर १ खर्ब ७८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा भने १ प्रतिशतबाट सामान्य बढेर १.०३ प्रतिशत पुगेको छ । 

१२ अर्ब  ५२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ३९ करोड रहेको छ  ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved