एभरेष्ट बैंकले ऋणपत्र आजदेखि बिक्रि खुला, १०.५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 08:49:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले आज साउन १८ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले  १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

 २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याईएको छ । यस ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । 

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ । 

६ वर्षे अवधिको यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । यो ऋणपत्र २०८५ मा मेच्योर हुने छ । बोर्डले साउन २ गते ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved