सेयर कारोबारका लागि ब्रोकर मार्फत कर्जा लिने बाटो खुल्यो, राष्ट्र बैंकले दियो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 09:47:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ताले ब्रोकर मार्फत पनि सेयर कारोबारका लागि कर्जा पाउने बाटो खुलेको छ।  नेपाल राष्ट्र बैंकले एक ब्रोकर सँस्थालाई कर्जा प्रदान गर्न अनुमति दिएसँगै ब्रोकरले पनि मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्ने बाटो खुलेको हो। 

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालीले नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्नलाई मागेको अनुमतीमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो। राष्ट्र बैंकले मार्जिन कारोबार सम्बन्धि कार्यविधि २०७५ को प्राबधानभित्र रहेर राष्ट्र बैंक ऐन २०५८ बमोजिम भृकुटी स्टकलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्ने अनुमति दिएको हो। 

नेप्सेले गत असार २३ गते भृकुटी स्टकलाई मार्जिन कारोबारका लागि अनुमति दिनलाई लेखेको पत्रअनुसार राष्ट्र बैंकले यहि साउन १६ गते अनुमति प्रदान गरेको हो। यससँगै मापदण्ड पुरा गरेका लगानीकर्ताले भृकुटी स्टकबाट मार्जिन कारोबारका लागि कर्जा पाउने भएका छन्। 

"साउन १६ गते मात्रै नेपाल राष्ट्र बैंकबाट मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्ने अनुमति पाएका छौँ" भृकुटी स्टकका अध्यक्ष सन्दिप चाचनले भने, "यो अनुमतिले ब्रोकर मार्फत मार्जिन कारोबारको बाटो खुलेको छ, कार्यविधि र मापदण्ड भित्र रहेर सेयर लगानीकर्तालाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्छौं। '

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पनि ब्रोकर मार्फत मार्जिन कारोबारका लागि प्रदान गरिने कर्जामा विस्तारै १२करोड को सिलिङ हटाउने उल्लेख गरेको छ। यसले ब्रोकर मार्फत मार्जिन कारोबारका लागि कर्जा प्रदान हुन थालेसंगै उक्त १२ करोडको सिमा हट्ने देखिन्छ। 

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved