नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलाम बढाबढमा, न्युनतम मुल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2022 | 10:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। संस्थाले ७९ हजार ८७३ कित्ता सँस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

संस्थापक सेयर प्रति कित्ता न्युनतम ७५० रुपैयाँमा बिक्रीमा राखिएकाले योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७९ साल साउन २२ गते भित्र आबेदन दिसक्नु पर्नेहुन्छ।  

यसका लागि नेशनल माइक्रोफाइनान्सले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललाई जिम्मेवारी दिएको छ। इच्छुक योग्य सेयर लगानिकर्ताले क्यापिटलको  लाजिम्पाट, काठमाडौंं स्थितिको कार्यलय आइपुग्ने आबेदन दिनुपर्नेहुन्छ। 

इच्छुक योग्य लगानीकर्ताले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न गर्नुपर्ने हुन्छच। 

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरमा यहि १६ गते आबेदन दिन पाइने व्यवस्था गरिएको थियो। इच्छुक लगानीकर्ताले यहि साउन २२ गतेसम्म आबेदन दिन पाउने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved