मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्ब ३७ करोड, १ खर्ब बढी निक्षेप संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 08:21:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा मुक्तिनाथ विकास बैंकको खुद नाफा १८.४७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १ अर्ब १५ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९८ मा बैंकको खुद नाफा बढेर १ अर्ब ३७ करोड पुगेको हो 

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासमा वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड पुगेको छ 

समिक्षा अवधिमा बैंकको निक्षेप २०.४३ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १९.१८ प्रतिशतले बढेर ८६ अर्ब ९० करोड पुगेको छ । बैंकको खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.२१ प्रतिशत कायम भएको छ 

५ अर्ब ६५ करोड चुक्ता पुंजी भएको बैंकको रिजर्भमा २ अर्ब ४४ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved