कृषि विकास बैंकको खुद नाफा घट्यो, बाड्न मिल्ने नाफा ३ अर्ब ९० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 08:35:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा कृषि विकास बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ३ अर्ब ५२ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा घटेर २ अर्ब ६९ करोड कायम भएको छ । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रहेको छ । यस बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई समावेश गरेको छ । 

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड पुगेको छ । बैंकको संचालन मुनाफा भने १८.१५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड कायम भएको छ

बैंकको निक्षेप २.२६ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १८.५४  प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६८ प्रतिशत कायम भएको छ 

१८ अर्ब ६२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १५ अर्ब १२ करोड रहेको छ ।   बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved