३६ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 09:05:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा एनएमबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा बैंकले २ अर्ब ७१ करोड  खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको हो 

यस अवधिमा  बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ ।  बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड पुगेको छ । 

समिक्षा अवधिमा  बैंकको डिपोजिट १२.३७ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.४१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब पुगेको छ । १८ अर्ब ३६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ८४ करोड रहेको छ । 

 यस अवधिमा  बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ १४ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved