एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 08:25:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ ले लाभांश घोषणा गरेका हुन् 

जस अनुसार एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै  एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति पनि तय गरेको छ । क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved