नेप्सेमा हिमालयन हाइड्रोपावरको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 12:20:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको छ ।  आज कम्पनीको १ करोड ९ लाख ५० हजार कितात शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएपछि आईतबारबाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७६.३३ रुपैयाँदेखि २२८.९९  रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको HHL सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले  असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो।  कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो ।  बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।   कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गरेको थियो।

 कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved