दोहोरो अंकले घट्यो नेप्से: १५७ कम्पनीको शेयर मूल्यमा गिरावट, शिवम र नबिलको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 01:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आज  शुक्रबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ३४.६१ अंकले घटेर २११३.५५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१३ कम्पनीका ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयर खरिद बिक्रि बाट २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४७ रुपैयाँ ८० पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै १५ करोड ६६ लाख, नबिल बैंकको १४ करोड १४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख त्तहा अपि पावरको ५ करोड ६७ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका  सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ ।आज म्युचुअल फण्ड समुह भने ०.८९ प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका मध्ये जोशी हाइड्रोको शेयर मूल्य सर्वाधिक ५.९१ प्रतिशत बढेको छ भने ग्लोबल आईएमई सम्मनुत स्किम १ को इकाई मूल्य ३.९४ प्रतिशतले बढेको छ । आज मैलुंग खोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले घटेको छ भने गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको शेयर मूल्य ६.४२ प्रतिशतले घटेको छ । त्यस्तै युनाइटेड इदी मार्दीको शेयर मूल्य ६.३७ प्रतिशत, सामलिंग पावरको शेयर मूल्य ५.६९ प्रतिशत तथा इमार्जिंग नेपालको शेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १५७ कम्पनीको शेयर मूल्य घटेको छ भने २१ कम्पनीको मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved