हिमालयन हाइड्रोको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 03:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रोपावरले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । नियुक्ति सम्झौतामा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्  । 

सम्झौता अनुसार हिमालयन हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु ग्लोबल आईएमई  क्यापिटलले गर्ने छ । 

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७÷०६÷१२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको र उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको छ । 

कम्पनीको अधिकृत पुँजी रु. १९८ करोड तथा जारी पुँजी रु. १०९.५० करोड रहेको छ । सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात रु. २२.५० करोड बराबरको शेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात रु. ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात रु. १३.५० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको  छ । 

नेप्सेमा कम्पनीको शेयर सुचिकृत भईसकेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved