लगानीकर्ताका 'टुक्रे' संगठन मिलेर बन्यो शेयर लगानीकर्ता एकता समिति, दिएनन ठुला संघले साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 12:03:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ताका 'साना र टुक्रे'  चार वटा संगठनहरु गाभिएर सेयर लगानीकर्ता एकता समिति निर्माण भएको छ । स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, पूँजी बजार संघ र लगानीकर्ता हकहित संरक्षण मन्चलाई एक आपसमा गाभेर १०१ सदस्यीय सेयर लगानीकर्ता एकता समिति निर्माण गरिएको हो।

एकता समितिको संयोजकमा तिलक कोइराला रहेका छन्  । कोइराला कै पहलमा ४ वटा संगठनहरु गाभिएर एक संघ बन्न लागेका हुन्  । एकता समितिले अबका दिनमा बाँकी रहेका अरु लगानीकर्ता संघहरुलाई गाभ्दै पूँजी बजारको विकास र लगानीकर्ताको हकहित संरक्षणका लागि सक्रियतापुर्वक काम गर्ने संयोजक कोइरालाले बताए ।

उनले देश विदेशमा रहेका ५३ लाख भन्दा बढी लगानीकर्ताको साझा र एकमात्र सवल संस्थाको उदय चाँडै नै हुने विश्वास व्यक्त गरेका छन् । यसको लागि ब्यापक अभियान संचालन गर्न ३५ सदस्यीय सचिवालय पनि गठन भएको छ ।

कोइरालाले लगानीकर्ताहरुको संगठनमा कुनै पनि कार्यकारी पद नलिने पूर्व घोषणा गरेको भए पनि संयोजकको पद स्वीकार नगरे कार्यक्रम नै विथोलिने चेतावनी दिएको अवस्थामा बाध्यताबश आग्रह स्वीकार गर्नु परेको बताएका छन् । उनले आगामी तीन महिना भित्रमा सबै संघहरुलाई गाभेर लगानीकर्ताको एक मात्र सवल संघको महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका। अधिवेशनपछि आफु कुनै कार्यकारी पदमा नरहने घोषणा पनि उनले गरेका छन् ।

पछि थप गर्ने गरी गठित १०१ सदस्यीय सेयर लगानीकर्ता एकता समितिका सदस्यहरुमा मुक्ति अर्याल, रोहन कार्की, एसपी चौलागाई, सुवासचन्द्र भट्टराई, नयन बास्तो्ला, कमल भारती, बिशाल कडरिया, नानीबाबुु खरेल, सुरज खड्का, बालकृष्ण निउरे, एलबी साह, रामनाथ यादव, लता शाह, श्याम ढकाल, प्रकाश सापकोटा, पुरुषोत्तम कँडेल, बुद्धिसागर डुम्रे, नरेश मानन्धर, बेनिमाधब बस्याल , कमलराज अधिकारी, मिलन पौडेल, प्रमिला राजभण्डारी, डेगबहादुर कार्की, लक्ष्मण बन्जारा, हरिप्रसाद सापकोटा, भुवन ढुंगाना, खोमनाथ प्याकुरेल, रुपक बुढाथोकी, अनु शर्मा, शिवराम श्रेष्ठ लगायत रहेका छन् ।

ठूला तथा पुराना संघ भएनन् सामेल

 कोइरालाले बजारमा रहेका सबै लगानीकर्ता संघ संगठनहरु गाभिएर एक बन्नु पर्ने अभियान चलाएका हुन्  । यद्यपि उनलाई बजारमा रहेका ठूला, तथा पुराना संघहरुले साथ दिएनन् । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, र सेयर लगानीकर्ता संघ नेपाल यो अभियानमा सामेल भएनन् । यी ३ संघले आफुहरु मात्र बजारको आधिकारिक संघ भएको, नेपाल सरकारको कानुन अनुसार दर्ता रहेको, नियामक निकायले समेत आफुलाई आधिकारिकता प्रदान गरेको बताउदै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved