ईमर्जिङ नेपालको निमित्त सीईओमा बेल्बासे नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 11:01:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ईमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकरी अधिकृतमा रमेश बेल्बासे नियुक्त भएका छन्  । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले कम्पनीमा मुख्य प्रबन्धक रहेका बेल्बासेलाई साउन २० गते देखि लागु हुने गरि  निमित्त प्रमुख कार्यकरी अधिकृतमा रमेश बेल्बासे नियुक्त गर्ने निर्णय गरेको हो  ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिखर भट्टराईले बैशाख १६ गते राजिनामा दिएसंगै कम्पनीमा सीईओ पद रिक्त थियो  । 

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि, पिपुल्स इनर्जी लगायतमा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved