धितिपत्र बोर्डको उप कार्यकारी निर्देशकमा बढुवाको लागि ४ जनाको नाम सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 09:02:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितिपत्र बोर्डका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशक (प्रथम श्रेणी) पदमा बढुवाकोसिफारिस भएका छन् । नेपाल धितोपत्र बोर्डको पदपूर्ति समितिको साउन १९ गते बसेको बैठकले ४ जना निर्देशकहरुलाई उप कार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको हो  ।

बढुवाको लागि सिफारिस हुनेमा कुल प्राप्ताङ्कको आधारमा क्रमश निरन्जन घिमिर, अम्बिका प्रसाद गिरि, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार रहेका छन् । बढुवा सिफारिस भएका ४ जना नै हाल कामु उप कार्यकारी निर्देशक हुन् । 

पदपूर्ति समितिको बैठकले नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधनसहित) को नियम ३५ बमोजिम प्रथम श्रेणी कर्मचारीहरुको बढुवा गर्ने सम्बन्धमा मिति २०७८।०५।१६ मा प्रकाशित सूचना अनुसार दरखास्त दिने उम्मेदवारको कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता र शैक्षिक योग्यतालाई आधार मानी बढुवा सिफारिस गरेको जनाएको छ ।

अब उनीहरुमाथि दाबी विरोधको लागि ३५ दिनको समय रहेको छ । सो अवधिमा मुद्दा मामिला वा दाबी विरोध नपरे उनीहरु स्वत उप कार्यकारी निर्देशक पदमा बढुवा हुने छन् । 

हाल धितोपत्र बोर्डमा ८९ जनाको दरबन्दी रहेको छ ।  बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्।  हाल कार्यकारी निर्देशकमा ३ जनाको र उपकार्यकारी निर्देशकमा ८ जनाको दरबन्दी छ।  त्यस्तै बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved