सोमबार २ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, शिवम र नबिलको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 04:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १७.६८ अंकले घटेर २१०६.१५ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २१४ कम्पनीमा ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २० करोड ७१ लाखको कारोबार भएको छ भने नबिल बैंकको १० करोड ८५ लाखको कारोबार भएको छ । त्यस्तै नागरिक लगानी कोषको ८ करोड २१ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको ७ करोड ६५ लाखको कारोबार भएको छ 

आज गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनिलिभरको शेयर मूल्य ५.५९ प्रतिशतले बढेको छ । आज जानकारी फाइनान्सको शेयर मुय सर्वाधिक ४.३१ प्रतिशतले घटेको छ

आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved