लक्ष्मी क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 08:53:02 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले बिक्रि खुला गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई बिक्रि खुला गरेको हो। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ५० करोड आकारको शुभ लक्ष्मी कोष नामक खुलामुखी योजनाको ईकाई निष्काशन गरेको हो 

यस निष्काशनमा छिटोमा साउन २३ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा उक्त समयसम्म पर्याप्त आवेदन नपरेपछि अब ढिलोको मिति अर्थात् भदौ २ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।  यद्यपि सो समय अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरि बिक्रि बन्द गरिने क्यापिटलले उल्लेख गरेको छ । 

क्यापिटलले योजनाको प्रति इकाई मूल्य रु.१०/- दरको पाँच करोड इकाई निष्काशन गरेको हो।  जस मध्ये  ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत) विज पूँजी बापत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ । बाँकि ४ करोड २५ लाख  इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ। यस निष्काशनमा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् 

यो खुलामुखी योजना भएकोले यसको कुनै निश्चित अवधि हुदैन । साथै यो नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन 

हालसम्म नेपालमा ३ वटा मात्र खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने पाँचौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल र एनएमबि क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved