नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 09:54:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज साउन २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २४ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले भदौ ६ गते सोमबार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को साधारणसभा गर्न लागेको हो । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेस हुने छन् । कोषले  आर्थिक बर्ष २०७७-०७८ मा आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।  साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।   लाभांश वितरण पश्चात कोषको चुक्तापूंजी ४ अर्ब २५ करोड पुग्नेछ।   हाल कोषको चुक्तापूंजी ३ अर्ब २७ करोड रहेको छ।   

 साधारणसभामा छलफल हुने विषयहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने कोषको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

(३)कोषको आर्थिक बर्ष २०७७/७८ को आम्दानी बांडफांड हिसाब विवरणमा छुट्ट्याइएको प्रस्तावित ३० (तीस) प्रतिशत बोनस शेयर र १.५७८९ (एक दशमलब पाँच सात आठ नौं) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने।

(४) कोषको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) को निर्वाचन गर्ने ।

(५)साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा संचालकहरुको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने ।

(६) विविध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved