४१ प्रतिशतले घट्यो मनकामना स्मार्ट लघुवित्तको नाफा , ब्याज खर्च बढ्दा नाफा प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 10:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । मंगलबार प्रकाशित गत आ.व.को चौथो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको खुद नाफा १ करोड ९१ लाख ८० हजार नाफा रहेको छ । यस्तो नाफा अघिल्लो आर्थिक बर्ष ३ करोड २२ लाख ३२ हजार रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट लिइएको सापटीको ब्याजदर उच्च दरमा बढेकाले संचालन खर्च बढ्दा नाफा प्रभावित भएको कम्पनीले जनाएको छ । गत बर्ष ब्याज खर्च, कर्मचारी खर्च र अन्य संचालन खर्च अघिल्लो बर्षको तुलनामा बृद्धि भएको छ । 

१४ करोड १७ लाख ४५ हजार चुक्ता पूँजी रहेको वित्तीय संस्थाले गत आ.ब.सम्म ५२ करोड ४८ लाख कर्जा सापटी लिई १ अर्ब ६ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाले ४१ करोड रुपैयाँ बचत संकलन गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३.५३ रुपियाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४१.३३ रुपैयाँ रहेको छ । 

लुम्बिनी प्रदेश कार्यक्षेत्र रहेको संस्थाका ३७ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साविकका मनकामना र स्मार्ट लघुवित्त दुई बर्षअघि गाभिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved