टिएमएसमा थपियो आइएमई पे, ब्रोकरलाई भुक्तानी र कोल्याट्रल लोडको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 02:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे मार्फत पनि शेयर खरिद गरेको पैसा तिर्न सकिने भएको छ ।  शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने भएका हुन् ।

हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको कम्पनील  जनाएको छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले उल्लेख गरेको छ।

टिएमएसमा पैसा लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए । यो भुक्तानी रियल-टाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्ने कपनीले जनाएको छ।

कम्पनीका अनुसार यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved