शेयर बजारमा ४५ अंकको गिरावट, सीआईटी र शिवम् सिमेन्टको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 03:26:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज सूचक ४५.४२ अंकले घटेर २०६०.७३ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ। जस मध्ये नागरिक लगानी कोषको १५ करोड १० लाख, शिवम सिमेन्टको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, तथा नबिल बैंकको १० करोड ४२ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुगता सूचक घटेका छन् । जस मध्ये अन्य समुह ४.८४ प्रतिशत, फाइनान्स समुह ३.३७ प्रतिशत, विकास बैंक समुह ३.२८ प्रतिशत , ट्रेडिङ समुह ३.१८ प्रतिशत तथा हाइड्रो समुह ३.०६ प्रतिशतले घटेका छन् । 

आज हिमालयन हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य ६.३६ प्रतिशतले बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.२७ प्रतिशतले घटेको छ । घलेम्दी हाइड्रोको शेयर मूल्य ६.६८ प्रतिशत, पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ६.४९ प्रतिशत, न्यादी हाइड्रोको शेयर मूल्य ६.४० प्रतिशत, तथा मध्य भोटेकोशीको शेयर मूल्य ६.३१ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved