नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 07:20:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ । साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई बनेको  हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सुचिकृत भएको हो । 

कम्पनीको २ करोड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता शेयर सुचिकृत भएको हो ।  अब कम्पनीको HEI सिम्बल बाट कारोबार हुने छ ।  कम्पनीको पहिलो कारोबार ५१० रुपैयाँ ४८ पैसामा हुने छ । 

 साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई  साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार भएको हो ।   १००:८५ को स्वापमा २ कम्पनी मर्ज भएका हुन्  । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर पाउने छन् ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए भने असार २ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । बीमा समितिले असार ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कमपनी रजिष्ट्रार कार्यालयले असार २३ गते स्वीकृति प्रदान गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved