लक्ष्मी लघुवित्तको नाफा घट्यो, ईपीएस ४१ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 08:42:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा लक्ष्मी लघुवित्तको खुद नाफा १८.४८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १९ करोड ७१ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा घटेर १६ करोड ७ लाख कायम भएको छयस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड १४ लाख रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३.४० प्रतिशतले बढेर ५३ करोड ५२ लाख पुगेको छ 

यस अवधिमा कम्पनीको सापटी २०.१४ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड पुगेको छ भने निक्षेप संकलन २३.३२ प्रतिशतले बढेर २ अर्ब ५५ करोड पुगेको छ । त्यस्तै कर्जा प्रवाह २२.२३ प्रतिशतले बढेर ७ अर्ब ७२ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ३.२७ प्रतिशतबाट घटेर ३.२१ प्रतिशत कायम भएको छ  । ३८ करोड ४० लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २९ करोड ८८ लाख रहेको छ 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २२० रुपैयाँ ५६ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved